रक्तदान, झोला वितरण र स्वास्थ्य शिविर संपन्न


रक्तदान, झोला वितरण र स्वास्थ्य शिविर संपन्न

मितिः २०७६ मंसिर ७ गते

हिमानी कोषले लायन्स क्लब अफ यूनिकको सहकार्यमा काठमान्डौमा ब्याग वितरण, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । २०७६ मंसिर ७ गते आयोजित कार्यक्रममा हिमानी कोषकी अध्यक्ष तथा पुर्व युवराज्ञी हिमानी राज्य लक्ष्मी देवी शाहको बाहुलीबाट कार्यक्रमको उद्घाटन, ब्याग वितरण एवं रक्तदान कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा हिमानी कोषका तर्फबाट उपाध्यक्ष अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंह, सचिव डा। रेश्मा राणा तथा ख्याती प्राप्त नायीका तथा समाजसेवी मनीषा कोईरालाको समेत उपस्थिति रहेको थियो । नवयुवराज हृदयेन्द्र विक्रम शाह,  त्यसैगरी प्रदेश नंबर ३ का सांसदहरु मा। गणेश दुलाल, मा। राजेन्द्र गुरुङ्ग, र मा। दिपेन्द्र श्रेष्ठ लगायत काठमाण्डौ महानगरपालिका वडा नं। ३१ का अध्यक्ष नारायण भण्डारीको समेत उपस्थिति थियो । त्यसैगरी लायन्स क्लब अफ यूनिककी अध्यक्ष श्रीमति शोभा जोशी समेत कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

काठमान्डौको शान्तिनगर स्थित सिद्देश्वर माबिमा आयोजित उक्त कार्यक्रममा सिद्धेश्वर लगायत अन्य विद्यालयका २ सय बालबालिकालाई विद्यालय झोला उपलब्ध गराईएको थियो भने करिब ३ सय बालबालिकाको दाँत, आँखा तथा साधारण स्थास्थ्य जाँच गराउनु भएको थियो । त्यसैगरी करिब २ सयको संख्यामा अभिभावक र अन्य आगन्तुकले स्वास्थ्य जाँच एवं औषधोपचार गर्नु भएको थियो ।

उक्त कार्यक्रममा ख्याती प्राप्त डाक्टरहरुले बालबालिका र अन्य आगन्तुकको विस्तृत स्वास्थ्य जाँच एवं औषधि वितरण गर्नु भएको थियो । ब्लड बैँकको सहकार्यमा भएको रक्तदान कार्यक्रममा युवराज्ञी हिमानी राज्य लक्ष्मी शाह एवं अधिराजकुमारी प्रेरण सिंह सहितले रक्तदान गर्नु भएको थियो ।

कार्यक्रममा ख्याती प्राप्त २ दर्जन बढी डाक्टरको समुहले आ आफ्नो बिशेषज्ञता मुताबिक आगन्तुकको स्वास्थ्य जाँच तथा औषधि वितरण गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा विद्यालय, लायन्स क्लब र आगन्तुकहरुले यो कार्यक्रम आयोजना गरेकोमा हिमानी कोषलाई धन्यवाद दिँदै आगामी दिनमा पुनः यस्तै कार्यक्रम राखिदिन हुन अनुरोध गर्नुभएको थियो ।

 

Blood donation, Bag distribution and Heath Camp held

23rd Nov. 2019

Himani Trust and Lion Club of unique jointly distributed bag to at least 2 hundred students of Siddeshwor high school Shantinagar on 23rd November. Chair and the crown princess HRH Himani Rajya Laxmi Devi Shah handed over the bags to the students.

HRH Princes Prerana Rajya Laxmi Singh was also presented at the program along with other board members of Himani Trust. Both, the crown princess and Princess also donated the blood at the program. Himani Trust’s secretary Dr. Resma Rana was also presented at the program. Famous actress Ms. Manisha Koirala supported the cause with her presence at the program. …….Hirdayendra Bikram Shah also participated at the program. Similarly, provincial members of the parliament Honorable Ganesh Dulal, Rajendra Gurung and Dipendra Shrestha also participated at the program along with the Kathmandu metropolitan city ward number 31 chair Mr. Narayan Bhandari. Chair of Lion Club unique Ms. Shova Joshi was also presented at the program.

Around 4 hundred people including children participated at the health camp assisted by the renowned medical professionals specializing in different field. Children and other participants were also prescribed medicine by the doctors. Two dozen doctors served at the health camp.

At the end, siddeshwor high school family, lion club and participants thanked Himani Trust for organizing the program. They also requested Himani Trust to organize similar programs in future.

 

 

उपस्थित डाक्टरहरुः 

 डा. रेश्मा राणा डा. अर्पणा शाह

डा. दिक्षा राणा

डा. हेलिना रायमाझी

डा. ज्योति रायमाझी

डा. रश्मी पनु

डा. रिंकु जोशी

डा. प्रमोदराज जोशी

डा. विजया चन्द शाह

डा. भुवृत ढकाल

डा. उत्तम चौलागाई

डा. श्रुती सुवेदी

डा. विना राई

डा. सुकु राई

डा. चन्द्रमाया गुरुङ्ग

डा. मन्दिप थापा

डा. प्रतिक जोशी

डा. निराजन भट्टडा. मन्जय महर्जन

डा. अभय महतो

डा. उज्ववल घिमिरे

डा.ईरुसा रानी अधिकारी

डा. रिस्मा भट्टराई

डा. एकराज गुरुङ्ग

डा. श्रेसा पराजुली

डा. सिरज पौडेल

डा. नवोदित राउत

डा. पुजा कार्की

डा. निर्जला अर्याल

डा. सुमना थापा

डा. विशाल मिश्र

डा. दुर्गेश चौधरी

डा. प्रमोदराज जोशी

डा. सोनी बस्नेत

डा. सन्ध्या गुरागाई

डा.भुपेन्द्रमान सिंह श्रेष्ठ

डा.मुजुम प्रधान

डा. उन्नती खड्का

डा. आषिश पन्त

डा. विशाल श्रेष्ठ

 

कार्यक्रममा सहयोग गर्ने व्यक्तित्वहरुः 

 

सृतिका पोखरेल

ग्रेसी रायमाझी

यसस्वि केसी

लक्ष्मी श्रेष्ठ

राजेश शाहु

राजु केसी

मनिष दाहाल

युनिग्लोब आई केयर सेन्टर

समाज डेन्टल केयर

सुवाष कुमार द्धिवेदी

स्वस्तिका महर्जन

नरेन्द्र विक्रम शाह

सुहानी भण्डारी

रोजिना चालिसे

अशोक कार्की

Leave a Reply

Your email address will not be published. Required fields are marked *