कोभिड १९ विरुद्ध हिमानी कोषको दोश्रो चरणको सहयोग सम्पन्न


कोभिड १९ विरुद्ध हिमानी कोषको दोश्रो चरणको सहयोग सम्पन्न

हिमानी कोषले आज कोभिड १९ विरुध्द अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स, कर्मचारी, पत्रकार लगायतलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु, र भोक र रोगबाट ग्रसितहरुका निमित्त खाद्यान्न सहयोग गरेको छ । कोष मार्फत कोभिड विरुद्ध यो दोश्रो चरणको राहत सामग्री वितरण गरिएको हो । संस्थाको कार्यालय परिसरमा १३ संस्थाका प्रतिनिधिहरु र काठमाण्डौ महानगरपािलका वडा नं. ३ का अध्यक्ष र कार्यकारी अधिकृत समेतको रोहबरमा राहत बितरण गरिएको थियो ।

हिमानी कोषले प्रदान गरेको सहयोगका बारेमा बोल्दै कोषकि महासचिव एवं साईकोलोजिष्ट रेशमा राणाले सुदुर पश्चिम सरकारका मुख्य मन्त्रीको कार्यालयलाई ४ सय पिपिई, ४ सय स्यानीटाईजर, ८ सय मास्क, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई १५ वटा पिपिई, काठमाण्डौ महानगरपलिका वडा नं. ३ का कर्मचारीकालागि २० वटा पिपिपिई र स्यानीटाईजर, आर्यघाटमा कार्यरतहरकालागि १५ वटा पिपिई र १५ युटिलिटि ग्लोभ, जोरपाटी,कालिमाटी, चाबहिल, कोटेश्वर, नक्शालका करिब १४ सय तरकारी पसलेहरुकालागि आवश्यक युटिलिटि ग्लभ (अत्यावश्यक पञ्जाहरु) र भाईरस मार्न प्रयोग हुने औषधि छर्ने किटहरु लगायत एकल महिला समुहकालागि ७५ बोरा चामल, त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत करिब १ सय ५० विद्यार्थीकालागि ६० बोरा चामल तथा ३०० किलो दाल, पशुपति विकास कोषलाई २० किलो चामल र ४ सय किलो दाल, ५ गन्धर्व परिवारलाई २ बोरा चामल, मानविय सरोकार केन्द्रलाई तीन महिनाकालागि पुग्ने ४० बोरा चामल, सय किलो दाल र तेल, बसुन्धराका ४३ परिवारलाई चामल र दाल ईत्यादी दान गरिएको बताउनु भयो ।


उक्त दान हिमानी ट्रष्टकि उपाध्यक्ष प्रेरण राज्य लक्ष्मी देवी सिंहले गर्नु भएको थियो । कार्यक्रममा धन्यवाद् ज्ञापन गर्नुहुँदै संस्थाकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मी देवी शाहले हिमानी कोषले कोरोना महामारीको महासंकटविरुद्ध विश्व मानवता नै लडिरहेको समयमा नेपालमा भोक र रोगबाट ग्रसितलाई सहयोग गर्नु हिमानी कोषको दायित्व भएको बताउनु भयो । वहाँले हिमानी कोषले नेपालीलाई असजिलो भएको समयमा जहिल्यै सहयोग गर्ने बताउनु भयो ।

यस अघि हिमानी कोषले ५ सय एन ९५ मास्क लगायत सामग्री काठमाण्डौ मेडिकल कलेजलाई र २ करोड रुपैया नेपाल सरकार प्रधानमन्त्री कोषमा सहयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *