Himani Trust - A non profit organization

logo

सरकारबाट उपलब्ध २ करोड रकम हस्तान्तरण

हिमानी कोषले श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारबाट उपलब्ध २ करोड रुपैया प्रधानमन्त्रीले स्थापना गरेको कोरोना रोकथाम, राहत तथा उपचार कोषमा आज मितिः २०७६ चैत्र ३० गते रकम हस्तान्तरण गरेको छ । हिमानी कोषका कर्मचारीहरुमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव श्री महेन्द्र गुरागाईँले उक्त रकम बराबरको चेक बुझिलिनु भयो । रकम हस्तान्तरण गर्दै हिमानी कोषले कोभिड १९ महामारीबाट नेपालीलाई बचाउन उक्त रकम सहि सदुपयोग होस् भन्ने हिमानी कोष र श्री ५ महाराजाधिराजको चाहना रहेको हिमानी कोषले जानकारी गराएको छ । यो राहत रकम हस्तान्तरणसँगै कोषले आगामी दिनमा कोभिड १९ विरुद्ध नेपालीलाई राहत र सहयोगको कार्य जारी राख्नेछ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसको महामारी, संक्रमणबाट सर्वत्र सन्त्रास छाएको छ । आज विश्वका सम्पुर्ण राष्ट्रहरु प्रताडित भईरहेका छन् । यसका कारण हजारौँ मानिसहरुले मृत्युवरण गरिरहेको भयाबह स्थिति छ । विगत दुईहप्ता देखि हाम्रो मुलुकले समेत यो बिषम् परिस्थितिले गर्दा लकडाउनको नियति भोग्नु परेको छ । विश्वभर फैलिएको यो महासंकटले विदेशीभुमीमा रहेका नेपाली नागरिकहरुमा समेत गम्भिर असर पर्न गएको छ । मानव जगतकै अस्तित्वमा चूनौतिको रुपमा आएको यस महामारीबाट विश्वका राष्ट्रहरु एकप्रकारले सम्बन्ध विच्छेदको अवस्थामा छन् ।

कोरोनाको यो स्थितिबाट विश्वमा जति मानिसको स्वास्थ्यमा असर गरेको छ, त्यत्ति विश्व अर्थतन्त्रमा समेत प्रतिकेल प्रभाव परिरहेको छ । एकातिर महामारीको त्रासले आम नेपाली नागरिकहरु विक्षिप्त र संत्रासमा छन् भने अर्कोतिर उनीहरु गाँस, बास र कपासको जोहो गर्ने समस्याबाट समेत आक्रान्त छन् । यस्तो बिषम् परिस्थितिसँग जुध्न, हातेमालो गर्दै नेपाल सरकारलाई सहयाग पुर्याउने हेतुले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट हिमानी कोषलाई रु. २ करोड बक्स भएको सर्वविदितै छ । महाराजधिराज सरकारको यस महान योगदानलाई कार्यान्वयन गर्दै कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्न पाउँदा हिमानी कोष परिवार भाग्यशाली महशुस गर्दछ । सरकारबाट प्रदान भएको यो रकमको पूर्ण सदूपयोग होस् भन्ने पनि हिमानी कोषको आग्रह रहेको छ ।

 

Want to participate
as a volunteer?