Himani Trust - A non profit organization

logo

कोषले दान दिएको एम्बुलेन्सको सेवा प्रदान

हिमानिकोष द्वारा मधेशा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरी संचालन भईरहेको वा १२ च २९६ नम्बरको एम्बुलेन्स स्वास्थ्य चौकी र स्वास्थ्य व्यवस्थापन समितिको संरक्षणमा साथै एम्बुलेन्स उप समिति गठन भई संयोजक श्री गिरि चन्द्र पोखरेल र सदस्यहरु श्री एक नारायण श्रेष्ठ र श्री केन्द्र कुमारी कार्की गरी ३ सदस्यीय उपसमिति द्वारा संचालन भई रहेको छ । एम्बुलेन्स चालक (ड्राइभर) नियुत्तिको सम्बन्धमा स्वस्थ्य व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार दुई पक्षिय करार मम्झौता गरी ड्राइभरको नियुत्ती गरीएको छ , साथै एम्बुलेन्स राख्नको लागि र ड्राइभर बस्नको लागि पक्कि भवन निर्माण गरिइको छ ।

हिमानिकोष द्वारा मिति २०७१÷११÷१२ गते देखि मधेशा स्वास्थ्य चौकी लाई हस्तान्तरण गरी संचालनमा आईरहेको एम्बुलेन्सले इनरुवा न.पा. वडा नं. ६ (साविक मधेशा गा.वि.स.)का जनताहरुलाई लक्षित गरी सेवा सुविधा दिइरहे पनि इनरुवाका अन्य वडाका जनताहरुलाई पनि सेवा दिई आईरहेको छ । पे्रषण गरी इनरुवा अस्पताल मात्र नभई धरानको बि.पि.के.आइ.एच.एस.,बिराटनगरको कोशि अञ्चल अस्पताल, नोवेल मेडीकल कलेज ,बिराट टिचिङ एवं बिरामीले चाहेको सबिधा सम्पन्न अस्पताल हरुमा पनि बिरमी पु¥याई सेवा दिईरहेको छ । यसरी हस्तान्तरण भएदेखि २०७६ कार्तिक मसान्त सम्म तपसिलमा उल्लेखित सुचक अनुसार सेवा दिएको संख्या प्रस्तुत छ ।

तपसिल १

निःशुल्क सेवा दिएको संख्या

विवरण रकम
एम्बुलेन्स संचालन भए देखि २०७४ अषाढ मसान्त सम्म जम्मा १५०० २४
०२ २०७४ श्रावण देखि ०७५ अषढ मसान्त सम्म ६९१ १३
०३ २०७५ श्रावण देखि ०७६ अषढ मसान्त सम्म ७४७ १५
०४ २०७६ श्रावण देखि ०७६ कार्तिक मसान्त सम्म १६३ ३
०५ पिण्डेश्वर अर्ध महाकुम्भ मेला ०७५÷७६ मा ०० एक दिन २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा --
जम्मा ३१०१ ५५



 

 

Want to participate
as a volunteer?