Himani Trust - A non profit organization

logo

कोभिड १९ विरुद्ध हिमानी कोषको दोश्रो चरणको सहयोग सम्पन्न

हिमानी कोषले आज कोभिड १९ विरुध्द अग्रपंक्तिमा कार्यरत चिकित्सक, नर्स, कर्मचारी, पत्रकार लगायतलाई अत्यावश्यक सुरक्षा सामग्रीहरु, र भोक र रोगबाट ग्रसितहरुका निमित्त खाद्यान्न सहयोग गरेको छ । कोष मार्फत कोभिड विरुद्ध यो दोश्रो चरणको राहत सामग्री वितरण गरिएको हो । संस्थाको कार्यालय परिसरमा १३ संस्थाका प्रतिनिधिहरु र काठमाण्डौ महानगरपािलका वडा नं. ३ का अध्यक्ष र कार्यकारी अधिकृत समेतको रोहबरमा राहत बितरण गरिएको थियो ।

हिमानी कोषले प्रदान गरेको सहयोगका बारेमा बोल्दै कोषकि महासचिव एवं साईकोलोजिष्ट रेशमा राणाले सुदुर पश्चिम सरकारका मुख्य मन्त्रीको कार्यालयलाई ४ सय पिपिई, ४ सय स्यानीटाईजर, ८ सय मास्क, नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरुलाई १५ वटा पिपिई, काठमाण्डौ महानगरपलिका वडा नं. ३ का कर्मचारीकालागि २० वटा पिपिपिई र स्यानीटाईजर, आर्यघाटमा कार्यरतहरकालागि १५ वटा पिपिई र १५ युटिलिटि ग्लोभ, जोरपाटी,कालिमाटी, चाबहिल, कोटेश्वर, नक्शालका करिब १४ सय तरकारी पसलेहरुकालागि आवश्यक युटिलिटि ग्लभ (अत्यावश्यक पञ्जाहरु) र भाईरस मार्न प्रयोग हुने औषधि छर्ने किटहरु लगायत एकल महिला समुहकालागि ७५ बोरा चामल, त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत करिब १ सय ५० विद्यार्थीकालागि ६० बोरा चामल तथा ३०० किलो दाल, पशुपति विकास कोषलाई २० किलो चामल र ४ सय किलो दाल, ५ गन्धर्व परिवारलाई २ बोरा चामल, मानविय सरोकार केन्द्रलाई तीन महिनाकालागि पुग्ने ४० बोरा चामल, सय किलो दाल र तेल, बसुन्धराका ४३ परिवारलाई चामल र दाल ईत्यादी दान गरिएको बताउनु भयो ।

उक्त दान हिमानी ट्रष्टकि उपाध्यक्ष प्रेरण राज्य लक्ष्मी देवी सिंहले गर्नु भएको थियो । कार्यक्रममा धन्यवाद् ज्ञापन गर्नुहुँदै संस्थाकी कोषाध्यक्ष शिताष्मा राज्य लक्ष्मी देवी शाहले हिमानी कोषले कोरोना महामारीको महासंकटविरुद्ध विश्व मानवता नै लडिरहेको समयमा नेपालमा भोक र रोगबाट ग्रसितलाई सहयोग गर्नु हिमानी कोषको दायित्व भएको बताउनु भयो । वहाँले हिमानी कोषले नेपालीलाई असजिलो भएको समयमा जहिल्यै सहयोग गर्ने बताउनु भयो । यस अघि हिमानी कोषले ५ सय एन ९५ मास्क लगायत सामग्री काठमाण्डौ मेडिकल कलेजलाई र २ करोड रुपैया नेपाल सरकार प्रधानमन्त्री कोषमा सहयोग गरेको थियो ।

 

Want to participate
as a volunteer?