Himani Trust - A non profit organization

logo
पौष्टिक खानेकुरा वितरण
26 Aug 2021

पौष्टिक खानेकुरा वितरण

नेपालका विभिन्न जिल्लाहरुमा आवश्यक पौष्टिक खानेकुरा नपाउँदा विपन्न परिवारका बालबालिका र वृद्धवृद्धाहरु कुपोषणको शिकार भएका छन् । यहि कुरालाई मध्यनजर गर्दै हिमानी कोषले नेपालका ३७ जिल्लाहरुमा स्वयंसेवकहरु र स्थानीय सरकारको समेत परामर्शमा पहिचान गरिएका बालबालिका र वृद्धवृद्धालाई पौष्टिक आहार नियमित प्रदान गरिदै आएको छ । हालसम्म देशभरका करिब १० हजार बालबालिकालाई उक्त पौष्टिक खानेकुरा वितरण गरिसकिएको छ भने भविष्यमा छनौट भएका प्रति बालबालिका १.५ केजी प्रति महिनाका दरले हिमानी कोषले करिब ४ हजार बालबालिकालाई २ बर्षसम्म नियमित पौष्टिक खानेकुरा प्रदान गर्दै जाने लक्ष्य राखेको छ । उक्त पौष्टिक खानामा मकै, कोदो, गहुँ, बदाम, चाँमल, तिल, काजु, ईत्यादी समावेश छ ।

 

Want to participate
as a volunteer?